
जीवित देवी कुमारीको प्रतिस्थापन गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट विधिपूर्वक पूजाआजासहित नवनियुक्त जीवित देवी कुमारीलाई प्रतिस्थापन गरिएको गुठी संस्थानले जनाएको छ ।
काठमाडौं महानगरपालिका-१७ निवासी अनन्त शाक्य र प्रतिस्था शाक्यकी छोरी आर्यतारा शाक्यलाई नेपालको जीवित देवी कुमारी पदमा नियुक्त गरिएको थियो ।
उनलाई काठमाडौं महानगरपालिका-२३ बसन्तपुरस्थित कुमारीघरमा विराजमान गराउने गरी गुठी संस्थानबाट यही असोज ९ गते भएको निर्णय अनुसार राष्ट्रपतिबाट प्रतिस्थापन गरिएको संस्थानले जनाएको छ ।