२८ असार २०८३, आइतबार

गाजाका लागि राहतसहित जाँदै गरेका कार्यकर्ता पक्राउ

असोज १६, २०८२
काठमाडौं
गाजाका लागि राहतसहित जाँदै गरेका कार्यकर्ता पक्राउ

गाजाका लागि सहायता सामग्री बोकेर जाँदै गरेका नौकाहरुलाई इजरायली नौसेनाले रोकेर तीमध्ये रहेका पर्यावरण कार्यकर्ता ग्रेटा थुनबर्गसहित अन्य कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

इजरायलको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नौकाहरूलाई "सुरक्षित रूपमा रोकिने कार्य सम्पन्न गरिएको" र सबैलाई एक बन्दरगाहमा लगिँदै गरिएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार नौकाहरूलाई ‘युद्ध क्षेत्र नजिक’ पुगेको भन्दै बाटो परिवर्तन गर्न भनिए पनि आदेश नमान्दा कारबाही गरिएको हो।

तर ग्लोबल सुमद फ्लोटिला (जीएसएफ) नामक संस्थाले यस घटनालाई "गैरकानूनी" भन्दै आपत्ति जनाएको छ। संस्थाले यसलाई रक्षा नभई "हताशा"को परिचायक भनेको छ। जीएसएफका अनुसार नौकाहरूमध्ये एकलाई इस्रायली नौसेनाले जानाजानी टक्कर दिएको र केहीमा पानीको बौछारसमेत गरेको दाबी गरेको छ।

"यसले गाजाको नाकाबन्दी कायम राख्न इस्रायल कुनै पनि हदसम्म जान सक्छ भन्ने प्रमाणित हुन्छ," संस्थाले आरोप लगाएको छ।

तर इजरायलले यी आरोप अस्वीकार गरेको छ। उसको भनाइअनुसार फ्लोटिलालाई पहिले नै "वैधानिक नौसैनिक नाकाबन्दी" उल्लंघन गरेको चेतावनी दिइएको थियो।

हाल भने ती नौकाहरू साँच्चिकै प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेका थिए वा थिएनन् भन्ने स्पष्ट भएको छैन।

salt training

कमेन्ट गर्नुहोस्