२२ जेठ २०८३, शुक्रबार

वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी

असोज १९, २०८२
काठमाडौं
वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी

शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । 

विजयादशमीका दिनदेखि शुरू भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

यस वर्ष भोलि सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्य रूपमा मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरू हुन्छ ।

नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरू हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउन शुरू गरिएको शास्त्रीय मान्यता छ ।  

यस वर्ष भने विजयादशमीको भोलिपल्ट असोज १७ गते शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले टाढाटाढाबाट मान्यजनकहाँ आशीर्वाद लिन जानेहरूको तालिका प्रभावित भएको छ । 

भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्