
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो ।
यो मूल्य हालसम्मकै उच्च हो ।
त्यसैगरी आज चाँदी २ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी आइतबार तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।