
धादिङमा आमाको वीभत्स हत्या गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल 'जिरे'ले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।
यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेका अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताए ।
प्रहरीले उनको साथबाट धारिलो हतियार पनि बरामद गरेको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।