११ साउन २०८३, सोमबार

मलेसियालाई हराउन नेपालले ११२ रन बनाउनु पर्ने

असोज २१, २०८२
काठमाडौं
मलेसियालाई हराउन नेपालले ११२ रन बनाउनु पर्ने

आयोजक राष्ट्र मलेसिया विरुद्धको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले जितका लागि एक सय १२ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली मलेसियाले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रनको योगफल तयार पारेको हो ।

माथिल्लो क्रममा तीनवटै ब्याटरलाई सस्तैमा गुमाएको मलेसियाका लागि चौथो नम्बरमा क्रिज समाल्न आएकी मस एलिसाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् ।

एलिसाले अविजित ५६ रन बनाइन् । यस क्रममा उनले ६३ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । माहिरा इजाती इस्माइलले टोलीको खातामा १८ रन थपिन् ।

नुर दानिया सुहादाले पनि १५ रन बटुलिन् । मलेसियाका दुवै ओपनर खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । मलेसियाले अतिरिक्त रूपमा पनि १७ रन पायो ।

नेपाली टोलीका बलर कविता कुँवरले तीन विकेट हात पारिन् । उनले चार ओभरमा केवल १० रन खर्चिएकी थिइन् । पूजा महतो र कविता जोशीले पनि एक–एक विकेट हात पारे ।

पाँच खेलको शृंखलामा मलेसिया २–१ ले अगाडि छ । पहिलो खेलमा मलेसिया तीन रनले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

शृंखलाको तेस्रो खेलमा मलेसियाले नेपाललाई १३ रनले पराजित गरेको थियो । शृंखलाको पाँचौँ तथा अन्तिम खेल बुधबार खेलिने छ ।

salt training

कमेन्ट गर्नुहोस्