
मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा एक प्याराग्लाइडर बम विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । दुर्घटनामा ४७ जना घाइते भएको बीबीसीले जनाएको छ ।
यो पर्व बौद्ध परम्परासँग जोडिएको छ । अधिकारीका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालिएको थियो ।
यो पर्वमा जुन्टाको नीतिको विरोधमा मैनबत्ती बाल्ने कार्यक्रम थियो ।
सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ ।
संयुक्त राष्ट्रसंघको अनुमान छ कि द्वन्द्वमा अहिलेसम्म ५ हजारभन्दा बढी नागरिक मारिएका छन् ।