०५ साउन २०८३, मंगलबार

एनआईसी एरिया बैंकका ग्राहकलाई वीरगन्जको किरण आँखा अस्पतालमा १० प्रतिशत छुट

असोज २२, २०८२
विरगञ्ज
एनआईसी एरिया बैंकका ग्राहकलाई वीरगन्जको किरण आँखा अस्पतालमा १० प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले वीरगन्जमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा OPD, Diagnostics, Surgery, Branded optical / Non-Branded optical सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूलाई आँखा उपचारमा सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्