
नेपाली कांग्रेसले निष्पक्ष निर्वाचनको राजनीतिक प्रक्रियाबाट नभाग्ने र प्रतिनिधिसभा पुन:स्थापनाको विकल्प पनि बन्द नगर्ने जनाएको छ ।
केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि प्रवक्ता डा. प्रकाशरण महतले अहिलेको सरकारलाई असंवैधानिक भने पनि राजनीतिक रूपले चुनावबाट नभाग्ने बताए ।
‘कानूनी कोणबाट प्रतिनिधिसभा विघटन संवैधानिक होइन भन्ने छ । तर, पनि हामी राजनीतिक रूपले निर्वाचनबाट भाग्ने पार्टी होइनौं,’ महतले भने, ‘देशलाई अनन्तकालसम्म लान सकिँदैन । त्यस्तो अवस्थामा पुन:स्थापनाको विकल्प बन्द गर्दैनौं । तर, निर्वाचन विश्वसनीय ढंगबाट हुने स्थितिमा राजनीतिक निर्णय लिनुपर्छ ।’
बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीबीच चुनावलाई स्वीकार्ने/नस्वीकार्नेमा फरक–फरक मत आएको थियो । कतिपय नेताले विशेष महाधिवेशन गर्नुपर्ने विषय पनि उठाएका थिए ।