२३ असार २०८३, मंगलबार

त्रिविको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरिने

असोज २४, २०८२
काठमाडौं
त्रिविको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरिने
फाइल तस्वीर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपाल मै गर्न आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने निर्णय गरेका छन् । 

यसैगरी, सीटीईभीटीको पुर्नसंरचना गरेर त्यहाँबाट सक्षम जनशक्ति उत्पादन गर्न सक्ने बनाउन तुरुन्त कार्यदल गठन गर्ने निर्णय भएको मन्त्री पुनले जानकारी दिए ।

उनका अनुसार नास्टमा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमूलक बनाउन, प्रतिभाशाली नेपालीलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदत तुरुन्त बनाउने निर्णय पनि भएको छ । 

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गर्ने उनले जानकारी दिएका छन् । 

संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ति गर्ने निर्णय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्