
अमेरिकामा जारी सरकारी शटडाउनबीच राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हजारौं संघीय सरकारी कर्मचारीहरूलाई हटाउन शुरू गरेको छ।
ह्वाइट हाउस अफिस अफ म्यानेजमेन्टका निर्देशक रसेल भोटले एक्समा एक पोस्ट गर्दै संघीय कर्मचारी हटाउने अभियान शुरू भएको जानकारी दिएका छन् ।
प्रशासनले सातदेखि नै एजेन्सीहरूमा ४ हजारभन्दा बढी कर्मचारीहरूलाई हटाउन शुरू गरेको थियो ।
राष्ट्रपति ट्रम्पले बारम्बार भनेका छन् कि उनी संघीय कार्यबल घटाउने आफ्नो लामो समयदेखिको लक्ष्य हासिल गर्न बन्दको प्रयोग गर्न चाहन्छन् ।
अमेरिकी कानून अन्तर्गत, संघीय सरकारले आफ्ना कर्मचारीहरूलाई हटाउनु अघि कम्तिमा ३० दिनको सूचना प्रदान गर्नुपर्छ।
अमेरिकी सिनेट सरकारी खर्चमा सहमतिमा पुग्न असफल भयो र सम्बन्धित विधेयक पारित हुन सकेन । यसले संयुक्त राज्य अमेरिका शटडाउन भएको हो ।
शटडाउनको लागि डेमाक्र्याट र रिपब्लिकन दुवैले एकअर्कालाई दोष लगाइरहेका छन् । शटडाउनको समयमा हजारौं सरकारी कर्मचारीहरूलाई बेतलबी बिदामा राखिएको छ ।