०२ साउन २०८३, शनिबार

यस्तो छ ३ चलचित्रको व्यापार​

असोज २५, २०८२
काठमाडौं
यस्तो छ ३ चलचित्रको व्यापार​

दशैंको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्स अफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्य रातिसम्म चलचित्र बलिदानले चार करोड ४२ लाख रुपैयाँको व्यापार गरेको छ ।

सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

साथै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेका चलचित्र ‘हरिबहादुरको जुत्ता’ले तीन करोड ९० लाख रुपैयाँ व्यापार गरेको छ ।

दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।​

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ले दुई करोड ८५ लाख रुपैयाँको व्यापार गरेको छ ।

रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्