११ साउन २०८३, सोमबार

असोज २८ गते देखि सर्वोच्च अदालतले सबैखाले रिट दर्ता गरी सुनुवाइ गर्ने

असोज २६, २०८२
काठमाडौं
असोज २८ गते देखि सर्वोच्च अदालतले सबैखाले रिट दर्ता गरी सुनुवाइ गर्ने

सर्वोच्च अदालतले असोज २८ गते मंगलबारदेखि सबैखाले रिट दर्ता तथा सुनुवाइ गर्ने भएको छ । 

असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता गरी सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रवक्ता अर्जुनप्रसाद कोइरालाले आइतबार विज्ञप्ति जारी गरी निर्णयबारे जानकारी गराएका छन् ।

गत भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट हुन गएको क्षतिका कारण बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्