०९ साउन २०८३, शनिबार

हमासले सोमबार बिहान सबै जीवित बन्धक फिर्ता गर्ने

असोज २६, २०८२
काठमाडौं
हमासले सोमबार बिहान सबै जीवित बन्धक फिर्ता गर्ने

हमासले सोमबार बिहानै आफ्ना जीवित बन्धकहरू फिर्ता गर्ने भएको छ। तेल अविवमा आयोजित पत्रकार सम्मेलनमा इजरायल सरकारकी प्रवक्ता शोश बेड्रोसियनले केही घण्टाभित्र सबै बन्धकहरूलाई फिर्ता पाउने अपेक्षा व्यक्त गरिन्।

‘सोमबार बिहान हमासले जीवित रहेका सबै २० जना बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गर्ने आशा राखेका छौं,’ बेड्रोसियनले भनिन्, ‘सीमापार गरेपछि ती सबैलाई दक्षिण इजरायलको रईम सैन्य बेसमा ल्याइनेछ।’

उनका अनुसार इजरायली पक्ष शनिबार रातिदेखि नै आफ्ना बन्धकहरूलाई ग्रहण गर्न पूर्ण रूपमा तयार रहेको छ। उनले थपिन्, ‘मृत बन्धकहरूको शव इजरायली झन्डाले छोपिएका कफिनमा राखी पहिचानका लागि फरेन्सिक संस्थानमा पठाइनेछ।’

हमासको नियन्त्रणमा हाल ४८ जना बन्धक रहेको इजरायली पक्षको दाबी छ। तीमध्ये २० जना जीवित र २६ जना मृतक रहेको अनुमान गरिएको छ। नेपाली नागरिक विपिन जोशी र एक इजरायलीको अवस्थाबारे भने अझै स्पष्ट जानकारी प्राप्त भएको छैन।

salt training

कमेन्ट गर्नुहोस्