२२ असार २०८३, सोमबार

सबै शव फिर्ता नभएसम्म सम्झौता लागू नगर्न माग

असोज २७, २०८२
काठमाडौं
सबै शव फिर्ता नभएसम्म सम्झौता लागू नगर्न माग

 इजरायली बन्धक तथा बेपत्ता परिवार समूहले हमासले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गाजाबाट सबै मृत बन्दीका शव फिर्ता नभएसम्म ‘सबै सम्झौता कार्यान्वयन तत्काल स्थगन’ गर्न माग गरेको छ।

समूहले आज बिहान आफूहरूलाई मृतक बन्दीहरूको चारवटा शव मात्र फिर्ता गरिने जानकारी दिइएको बताएको थियो। यसपछि हमासले पनि आजै चार जना बन्दीको शव फिर्ता गरिने भन्दै उनीहरूको नाम पुष्टि गरेको थियो।

परिवार समूहले भनेको छ, ‘हमासले गरेको सम्झौताको उल्लङ्घनलाई सरकार र मध्यस्थकर्ताहरूले अत्यन्तै गम्भीरताका साथ जवाफ दिनुपर्छ। सम्झौता दुवै पक्षबाट सम्मान गरिनुपर्छ। यदि हमासले आफ्नो भाग पूरा गर्दैन भने, इजरायलले पनि आफ्नो भाग पूरा गर्नु हुँदैन।’

salt training

कमेन्ट गर्नुहोस्