०२ साउन २०८३, शनिबार

भेपमार्फत् सुन तस्करी प्रकरणको मुद्दा- महराको बयान सकियो, थुनछेक बहस बुधबार

असोज २८, २०८२
काठमाडौं
भेपमार्फत् सुन तस्करी प्रकरणको मुद्दा- महराको बयान सकियो, थुनछेक बहस बुधबार

भेपमार्फत् सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा मंगलबार बिहान १० बजेदेखि शुरू भएको बयान साँझ अबेर सकिएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अब थुनछेक बहस भोलि बुधबार हुनेछ । मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।  

संगठित अपराध र भन्सार ऐन बमोजिमको कसुर अन्तर्गत महराविरुद्ध पूरक अभियोगसहित मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा महरालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने वा धरौटी वा साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश थुनछेक बहसपछि हुनेछ । 

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले गत आइतबार महरालाई उनकै निवास खुमलटारबाट पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्