१८ असार २०८३, बिहीबार

ठूलो परिमाणको पटका र चोरी पैठारीको सामानसहित काठमाडौंमा एक जना पक्राउ

असोज २८, २०८२
काठमाडौं
ठूलो परिमाणको पटका र चोरी पैठारीको सामानसहित काठमाडौंमा एक जना पक्राउ
फाइल तस्वीर ।

काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित गोदाममा विष्फोटक पदार्थ (पटका) र राजस्व छली गरी ल्याइएका सामान भण्डारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ४ बजे छापा मार्दा गोदामभित्र अवैध रूपमा भण्डारण गरिएको पटाका, आतिसबाजी, कपडा र अन्य सामग्रीसहित उनलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको राजस्थान, चुरु जिल्ला स्थायी घर भई हाल काठमाडौं–१३ ताहाचल बस्ने ४८ वर्षीय सुनिल कुमार रहेका छन् । उनी ‘कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालि’ नामक गोदाम सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार घटनास्थलबाट विभिन्न प्रकारका १,२७१ प्याकेट पटाका र आतिसबाजी, ‘Red Cow’ लेखिएको ५०० ग्राम तौलका १६० प्याकेट दूध पाउडर, ‘MAXZONE CLOTHING’ लेखिएको प्लास्टिक कभरमा प्याक गरिएका ३२० थान टिसर्ट, ‘SWCP DOUBLE’ लेखिएको १० किलोका बट्टामा राखिएका ४० किलो काजु, नेपाली नगद दुई लाख रूपैयाँ र भारतीय २५ हजार ५०० रूपैयाँ बरामद गरिएको छ ।

पक्राउ परेका कुमारलाई विष्फोटक पदार्थ सम्बन्धी र राजस्व छली सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्