२३ असार २०८३, मंगलबार

एक वर्षपछि २४०० को विन्दुमा झर्‍यो नेप्से

असोज ३०, २०८२
काठमाडौं
एक वर्षपछि २४०० को विन्दुमा झर्‍यो नेप्से

एक वर्षपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४०० को विन्दुमा झरेको छ । 

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर  २४८७.१७ को विन्दुमा झरेको हो । 

यसअघि अन्तिम पटक नेप्से परिसूचक २०८१ असोज १३ गते २४६४.४० को विन्दुमा कायम भएको थियो । त्यसयता परिसूचक २४०० को मनोवैज्ञानिक विन्दुमा झरेको थिएन । जुन आज बिहीबार यस विन्दुमा झरेको हो ।

दोहोरो अंकले घटेको बजारमा ७६ लाख ४३ हजार ६३५ कित्ता सेयरको खरिद-बिक्री हुँदा ३ अर्ब २७ करोड ५४ हजार रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका दिन बुधवार मात्रै २२.५८ अंकले घटेर परिसूचक २५०५.५९ को विन्दुमा बन्द भएको थियो ।

आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबारका आधारमा भने मुक्तिनाथ विकास बैंक १५ करोड ३० लाख ९७ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्