०९ साउन २०८३, शनिबार

एएफसी महिला यू–१७ एसियन कप छनोट : ​थाइल्यान्डसँग उसकै घरेलु मैदानमा भिड्दै नेपाल​

असोज ३१, २०८२
काठमाडौं
एएफसी महिला यू–१७ एसियन कप छनोट : ​थाइल्यान्डसँग उसकै घरेलु मैदानमा भिड्दै नेपाल​

थाइल्यान्डमा जारी एएफसी महिला यू–१७ एसियन कप छनोटमा फूटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालले आयोजक राष्ट्रको सामना गर्दैछ ।

नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी रंगशालामा नेपाली समयअनुसार साँझ ५:१५ बजे शुरू हुनेछ । नेपाल र थाइल्यान्ड प्रतियोगिताको समूह ‘एफ’ मा छन् ।

उक्त समूहमा तेस्रो टोलीको रुपमा तुर्कमिनिस्तान रहेको छ । नेपाली टोली आफ्नो पहिलो खेलमा तुर्कमिनिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

थाइल्यान्डले भने आफ्नो पहिलो खेलमा तुर्कमिनिस्तानलाई १७–० गोलको विशाल अन्तरले पराजित गरेको थियो । त्यसैले थाइल्यान्ड आगामी यू–१७ एसियन कपमा छनोट हुने बलियो सम्भावना छ ।

एएफसी महिला यू–१७ एसियन कप सन् २०२६ को अप्रिल ३० देखि मे १७ तारिखसम्म चीनमा आयोजना हुँदैछ । उक्त प्रतियोगितामा सहभागी हुने आठ टोलीको टुङ्गो छनोट प्रतियोगिताबाट लाग्नेछ ।

यू–१७ एसियन कपमा सहभागी हुने चार टोलीको टुङ्गो भने यसअघि नै लागिसकेको छ । चीनले आयोजकका रुपमा उक्त प्रतियोगितामा सहभागिता जनाउने छ ।

उत्तर कोरिया अघिल्लो संस्करण (सन् २०२४) को विजेताका रुपमा सहभागी हुनेछ । अघिल्लो संस्करणमा दोस्रो भएको जापान र तेस्रो भएको दक्षिण कोरियाले पनि स्वतः आगामी संस्करणमा सहभागिता जनाउन पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्