३१ असार २०८३, बुधबार

विदेशी मुद्राको विनिमयदर-  अमेरिकी डलरको बिक्रीदर १४१ रूपैयाँ ०७ पैसा

कात्तिक २, २०८२
काठमाडौं
विदेशी मुद्राको विनिमयदर-  अमेरिकी डलरको बिक्रीदर १४१ रूपैयाँ ०७ पैसा

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ १५ पैसा र बिक्रीदर १६४ रूपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रूपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रूपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रूपैयाँ १६ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ १९ पैसा र बिक्रीदर ९१ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ११ पैसा र बिक्रीदर १०० रूपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९८ पैसा तोकिएको छ । 

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७२ पैसा र बिक्रीदर १९ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७० पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ३० पैसा र बिक्रीदर चार रूपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ २४ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ २४ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८९ पैसा र बिक्रीदर नौ रूपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ८६ पैसा र बिक्रीदर १४ रूपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ९८ पैसा र बिक्रीदर २२ रूपैयाँ ०७ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०८ पैसा र बिक्रीदर १८ रूपैयाँ १६ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ४६१ रूपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३७४ रूपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३६६ रूपैयाँ ४० पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।    

salt training

कमेन्ट गर्नुहोस्