२२ असार २०८३, सोमबार

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

कात्तिक २, २०८२
काठमाडौं
भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय भक्तपुरले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीको सुकुम्बासी बस्तीमा बस्ने ४० वर्षीय गोपाल विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए । पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउण्ड सात थान बरामद गरिएको छ । 

पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्