३० असार २०८३, मंगलबार

हङकङमा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

कात्तिक ३, २०८२
काठमाडौं
हङकङमा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एउटा कार्गो विमान चिप्लिएर समुद्रमा खस्दा दुईजनाको मृत्यु भएको छ ।

एमिरेट्सको एरोट्रान्सकार्गोको रूपमा सञ्चालित उडान ईके ९७८८ दुबईबाट आउँदै गर्दा स्थानीय समयअनुसार बिहान करिब ०३:५० बजे उत्तरी धावनमार्गमा एउटा गाडीमा ठोक्किएको थियो ।

सन्तुलन गुमाएपछि विमान सिधै समुद्रमा खसेको थियो । 

दुर्घटनामा विमानस्थलका दुई ग्राउन्ड स्टाफ समुद्रमा खसेका थिए । उनीहरूलाई उद्धार गरिएको थियो तर अस्पतालमा मृत्यु भयो । विमानमा सवार चार जना चालक दलका सदस्यहरू सुरक्षित छन् र उनीहरूको उपचार भैरहेको छ । 

घटनापछि, उत्तरी रनवे बन्द गरिएको छ, जबकि विमानस्थलका अन्य दुई धावनमार्गमा उडानहरू जारी रहेको बीबीसीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्