०५ साउन २०८३, मंगलबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

कात्तिक ३, २०८२
काठमाडौं
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
फाइल फोटो

नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला पाँचले बढेर ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्