
ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीले गए राति २ः५० बजे खोटाङ, साकेला गाउँपालिका- १ का शिवकुमार विकलाई पेस्तोल र ४ लाख अठहत्तर हजारसहित पक्राउ गरिएको जानकारी दिए ।
खोटाङ, साकेला स्थानीय ठेगाना भएका विक हाल ललितपुर महानगरपालिका- २३ धापाखेलमा बस्दै आएका थिए ।
'विकले मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको भनी स्थानीय खबर गरेपछि प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले जाँच गर्दा ५००००४९१ नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल थान- १, नगद र मोबाइल फोन पनि बरामद गरेको हो,' उनले भने ।
विकलाई हाल नियन्त्रणमा लिई अनुसन्धान शुरू भएको उनले बताए ।