०६ साउन २०८३, बुधबार

काभा भलिबलमा नेपालको जीत

कात्तिक ७, २०८२
काठमाडौं
काभा भलिबलमा नेपालको जीत

बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जीत दर्ता गराएको छ ।

बङ्गलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो ।

यस जीतसँगै तीन खेलमा नेपालले चार अङ्क बटुलेको छ ।

नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५–२१ जित्यो भने खेलको दोस्रो सेट २५–२३ ले हरायो । त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो ।

यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तान र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

यही कात्तिक ११ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल अफगानिस्तानसँग ९ गते खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्