३२ असार २०८३, बिहीबार

अमेरिकी डलरको खरिददर १४० रूपैयाँ २६ पैसा र बिक्रीदर १४० रूपैयाँ ८६ पैसा

कात्तिक ८, २०८२
काठमाडौं
अमेरिकी डलरको खरिददर १४० रूपैयाँ २६ पैसा र बिक्रीदर १४० रूपैयाँ ८६ पैसा

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ २६ पैसा र बिक्रीदर १४० रूपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।     
     
यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रूपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ७० पैसा र बिक्रीदर १८७ रूपैयाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रूपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ १२ पैसा र बिक्रीदर ९१ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १०० रूपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ९० पैसा र बिक्रीदर १०८ रूपैयाँ ३६ पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ १७ पैसा र बिक्रीदर नौ रूपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ६९ पैसा र बिक्रीदर १९ रूपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ४० पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६५ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ २८ पैसा र बिक्रीदर चार रूपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ १९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ २१ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३६ पैसा, साउथ कोरियन वन १००को खरिददर नौ रूपैयाँ ७४ पैसा र बिक्रीदर नौ रूपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ९३ पैसा र बिक्रीदर १५ रूपैयाँ र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ८० पैसा र बिक्रीदर २१ रूपैयाँ ८९ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८ रूपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४५९ रूपैयाँ २९ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३७३ रूपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६५ रूपैयाँ ८६ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।     
     
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्