
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ ।
नेपाली टोलीका बलर आरिफ शेखले अमेरिकाको दोस्रो विकेट लिएका हुन् । उनले अमेरिकी टोलीका कप्तान मोनांक पटेललाई एलबीडब्लूको धरापमा पारे ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका मोनांक १७ बलमा एक छक्काको मद्दतले १० रन बनाउँदै आउट भए । १४औं ओभरको पाँचौं बलमा मोनांक आउट हुँदा अमेरिकाले ४८ रन बनाएको छ ।
त्यसअघि, सोमपाल कामीले अमेरिकाको पहिलो विकेट लिएका थिए । सोमपालले अमेरिकाका ओपनर ब्याट्सम्यान एन्ड्रिस गौसलाई ११ रनको व्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराएका हुन् ।
आठौं ओभरको दोस्रो बलमा गौस आउट हुँदा अमेरिकाले १८ रन बनाएको थियो । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।