१२ साउन २०८३, मंगलबार

जापानकी पहिलो महिला प्रधानमन्त्रीसँग ट्रम्पको भेट, के भयो कुराकानी ?

कात्तिक ११, २०८२
काठमाडौं
जापानकी पहिलो महिला प्रधानमन्त्रीसँग ट्रम्पको भेट, के भयो कुराकानी ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान टोकियोमा राष्ट्रपति ट्रम्पले पहिलोपटक प्रधानमन्त्री साने ताकाचीसँग भेटवार्ता गरेका हुन् । 

भेटमा जापान-अमेरिकी गठबन्धनलाई सुदृढ पार्ने र साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

बैठकको शुरूमै, ताकाइचीले मध्य पूर्वमा शान्ति प्रवर्द्धनमा ट्रम्पको भूमिकाको प्रशंसा गर्दै द्विपक्षीय सम्बन्ध विश्वको सबैभन्दा ठूलो गठबन्धन बनेको बताएकी थिइन् । ट्रम्पले अमेरिका जापानलाई मद्दत गर्न तयार रहेको बताए ।

दिउँसो ट्रम्पले कानागावा प्रान्तको योकोसुकामा रहेको अमेरिकी सैन्य अड्डा भ्रमण गर्ने कार्यक्रम छ।
 

salt training

कमेन्ट गर्नुहोस्