०२ साउन २०८३, शनिबार

कुमारी बैंकले हस्तान्तरण गर्‍यो छात्रवृत्ति रकम

कात्तिक १२, २०८२
काठमाडौं
कुमारी बैंकले हस्तान्तरण गर्‍यो छात्रवृत्ति रकम

कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।

बैंकले प्रत्येक वर्ष वसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल शुरू भएको वर्षदेखि हरेक वर्ष एक लाखको दरले छात्रवृत्ति स्वरूप एक कोष खडा गरी सो रकम जम्मा गराउँदै आएको छ ।

यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु हो ।

सोही परम्परालाई निरन्तरता दिँदै बैंकले सो कोषमा जम्मा भएको कुल रकम ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ छात्रवृत्ति स्वरूप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्स्टेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग एकाइ तथा ३१७ एटीएममार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षण जस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्