२२ असार २०८३, सोमबार

प्रहरीबाट लुटेको पेस्तोल देखाएर आतंकित पार्ने दुई जना पक्राउ

कात्तिक १२, २०८२
काठमाडौं
प्रहरीबाट लुटेको पेस्तोल देखाएर आतंकित पार्ने दुई जना पक्राउ

जेनजी आन्दोलनका क्रममा प्रहरीसँग लुटेको पेस्तोलबाट हवाई फायर गरी सर्वसाधारणलाई आतंकित पारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएर काठमाडौं नयाँबजार बस्ने २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० घर भएर काठमाडौंको क्षेत्रपाटी बस्ने २३ वर्षीय एलेक्स नेपाली छन् । 

उनीहरूले काठमाडौंको इचंगुनारायण मन्दिर क्षेत्रमा पेस्तोल देखाई सर्वसाधारणलाई आतंक सिर्जना गरेको आरोप छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार दुवै जनालाई ढल्कुबाट नियन्त्रणमा लिइएको हो । 

प्रहरीका अनुसार यी दुईजनाबाट प्रहरीले बोक्ने चाइनिज पेस्तोल एक थान, पेस्तोलमा लाग्ने म्याग्जिन एक थान र ३११–२३ लेखिएको १२ राउण्ड गोली बरामद गरिएको छ । 

एसपी आचार्यका अनुसार बरामद हतियार र पक्राउ परेका दुवै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्