०५ साउन २०८३, मंगलबार

रूसद्वारा केही दिनमै दोस्रो आणविक परीक्षण

कात्तिक १२, २०८२
काठमाडौं
रूसद्वारा केही दिनमै दोस्रो आणविक परीक्षण

रुसले केही दिनभित्रै दोस्रो पटक नयाँ आणविक प्रणालीको परीक्षण गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार बताएका छन् । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई अवज्ञा गर्दै रूसले आइतबार अर्को अत्याधुनिक आणविक क्षमताको ‘बुरेभेस्टनिक’ क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको हो । 

राष्ट्रपति ट्रम्पले त्यो अभ्यास ‘उपयुक्त’ नभएको बताएका हुन् । 

युक्रेनमा घाइते भएका रुसी सैनिकको उपचारमा संलग्न सैनिक अस्पतालको भ्रमण गर्ने क्रममा बुधबार पुटिनले भने, “हिजो भविष्यको अर्को सम्भावित आणविक प्रणालीको अर्को परीक्षण गरिएको छ । मानवरहित पानीमुनि मार हान्न मिल्ने उपकरण ‘पोसाइडन’ मा आणविक ऊर्जा एकाइ पनि जडान गरिएको छ ।”


 

salt training

कमेन्ट गर्नुहोस्