
राष्ट्रिय पुरुष फूटबल टोलीका प्रमुख प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले औपचारिक रूपमा भने केही बताएको छैन ।
एन्फा र रसबीच एक वर्षको सम्झौता भएको थियो । तर, प्रशिक्षक रसले आफ्नो कार्यकाल सकिनुभन्दा चार महिनाअघि नै पदबाट राजीनामा दिएका हुन् ।
रस भिसेन्जो अल्बर्टो एनेसको स्थानमा नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक बनेका थिए । रसको प्रमुख प्रशिक्षकत्वमा नेपालले सातवटा अन्तर्राष्ट्रिय प्रतियोगितामात्र खेल्यो ।