
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।
चौथो नम्बरमा क्रिज समाल्न आएका रोहितले ७७ बलमा अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले एक छक्का र दुई चौका हिर्काए ।
२३ वर्षीय रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १२औँ अर्धशतक हो । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार नौ सय रन पनि पूरा गरेका छन् ।
दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाली टोलीले ३१.१ ओभरमा तीन विकेट गुमाएर एक सय २२ रन बनाएको छ ।