०५ साउन २०८३, मंगलबार

कप्तान रोहितसँग ७० रनको साझेदारी गर्दै पेभेलियन फर्किए आरिफ शेख

कात्तिक १३, २०८२
काठमाडौं
कप्तान रोहितसँग ७० रनको साझेदारी गर्दै पेभेलियन फर्किए आरिफ शेख

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बिहीबार जारी आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपाली टोलीले आफ्नो चौथो विकेट गुमाएको छ ।

नेपाली टोलीले चौथो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो । उनी ४२ बलमा दुई चौकाको मद्दतले २७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनी जुनैद सिद्दकीको बलमा बोल्ड भए ।

३३ औं ओभरको चौथो बलमा आरिफ आउट हुँदा नेपालले एक सय ३१ रन बनाएको छ । 

कप्तान रोहित पौडेल ५४ रन बनाउँदै अविजित छन् । रोहित र आरिफ शेखले ७० रनको साझेदारी गरे । 

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्