०८ साउन २०८३, शुक्रबार

नेपाली ब्याट्सम्यानमाथि दबाब बढाउँदै अमेरिका, दुई रनमै आउट भए आरिफ शेख

कात्तिक १५, २०८२
काठमाडौं
नेपाली ब्याट्सम्यानमाथि दबाब बढाउँदै अमेरिका, दुई रनमै आउट भए आरिफ शेख
फाइल फोटो

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार खेलिएको अमेरिकाविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो । पाँचौं नम्बरमा क्रिज समाल्न आएका आरिफ आठ बलमा केवल दुई रन बनाउँदै आउट भएका हुन् ।

उनी पनि बाउन्ड्री प्रहार गर्ने धुनमा क्याच आउट भएका थिए । उनलाई सौरभ नेत्रभाल्करले नोस्थुश केन्जिगेद्वारा क्याच गराएका हुन् । २५औं ओभरको पहिलो बलमा आरिफ आउट हुँदा नेपालले एक सय ६ रन बनाएको छ ।

चौथो विकेट खसेपछि नेपाली ब्याट्सम्यान दबाबमा परेका छन् । दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्