३१ असार २०८३, बुधबार

कारागारबाट भागेका कैदीसँग भेटियो प्रहरीको लुटिएको 'ग्यास गन'

कात्तिक १६, २०८२
काठमाडौं
कारागारबाट भागेका कैदीसँग भेटियो प्रहरीको लुटिएको 'ग्यास गन'

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ मा प्रहरीबाट लुटिएको ग्यास गन र तीन राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

भदौ २४ मै सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका कैदी राजा तामाङ भन्ने वाङ्सु लामाबाट प्रहरीले उक्त हतियार बरामद गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार काठमाडौं महानगरपकिालका–७ लाहुरे टोलस्थित एक खाजा घरको बाहिर झोलामा ग्यास गन फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त हतियार लामाले छाडेर गएको तथ्य खुलेपछि गोकर्णबाट उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले लामाको कोठामा छापा मार्दा तीन राउण्ड गोली समेत बरामद गरेको सीआईबीले जनाएको छ ।

लामामाथि कारबाही गर्न सीआईबीले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।

अनुसन्धानका क्रममा लामा ज्यान मार्ने उद्योगमा २०८२ साउन ७ मा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ मा कारागारबाट भागेका थिए । भागे लगत्तै उनले प्रहरीको ग्यास गन लुटेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्