
भारतको समुद्री क्षेत्रमा सन् २०४७ सम्ममा खर्बौं लगानी आकर्षित गर्ने र एक करोडभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने तयारी रहेको केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले बताएका छन् ।
समुद्री क्षेत्रले सन् २०४७ सम्ममा व्यापारमा ८ ट्रिलियन रुपैयाँ लगानी गर्ने र १ दशमलव ५ करोड नयाँ रोजगारी आकर्षित गर्ने तयारीमा रहेको उनले बताए ।
समुन्द्री सप्ताह २०२५ को अवसरमा मन्त्री पुरीले भारतको समुद्री यात्रा व्यापार, नवीनता र विश्वव्यापी साझेदारीमा आधारित तीव्र विकासको चरणमा प्रवेश गरिरहेको बताएका हुन् ।
‘भारतको गहिरो समुद्री सम्पदा र यसको उज्ज्वल भविष्यको उत्सव समुन्द्री सप्ताह हो,’ उनले भने, ‘हाम्रो समुद्री परम्परा लोथलको डकयार्डदेखि चोल बेडाहरूदेखि मराठा नौसेनासम्म फैलिएको छ, जसले शताब्दीयौंदेखि समुद्री–जडित व्यापार र रक्षा शक्तिलाई प्रतिबिम्बित गर्दछ ।'
भारतको द्रुत गतिमा आर्थिक विकासको गतिमा अगाडि बढिरहेको सन्दर्भमा अर्थतन्त्रमा व्यापार र ढुवानीका लागि समुद्री मार्गको महत्त्व बढेको उनले उल्लेख गरे ।
‘जेवर विमानस्थल र आईजीआई विमानस्थलको संयुक्त आगमन हिथ्रो र अन्य धेरै विमानस्थलहरूको आगमनभन्दा बढी हुनेछ,’ मन्त्री पुरीले भारतको विस्तारित हवाई र व्यापार सम्पर्कलाई जोड दिँदै भने ।
कार्यक्रममा गृहमन्त्री अमित साहले विगत एक दशकमा समुद्री अर्थतन्त्रमा संरचनात्मक सुधारहरूले भारतलाई एक बलियो विश्वव्यापी खेलाडीको रूपमा स्थापित गरेको बताए ।
शाहले भारतको ११ हजार किलोमिटर तटरेखा, १३ तटीय राज्यहरू र केन्द्र शासित प्रदेशहरूले जीडीपीमा ६० प्रतिशत योगदान पुर्याउने गरेको बताए । यसले समुद्री विकासको रणनीतिक महत्त्वलाई बुझाउने शाहले बताए ।