२४ जेठ २०८३, आइतबार

बीवाईडीले बनायो विश्वकै सबैभन्दा तीव्र गतिको ‘यू ९ एक्स्ट्रिम’ कार

कात्तिक १७, २०८२
काठमाडौं
बीवाईडीले बनायो विश्वकै सबैभन्दा तीव्र गतिको ‘यू ९ एक्स्ट्रिम’ कार

चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले विश्वकै सबैभन्दा तीव्र गतिको विद्युतीय गाडी सार्वजनिक गरेको छ ।

बीवाईडीको सब–ब्रान्ड ‘याङवाङ’ले विश्वकै सबैभन्दा तीव्र गतिको ‘यू ९ एक्स्ट्रिम’ सार्वजनिक गरेको हो । बीवाईडीले सार्वजनिक गरेको उक्त फास्टेट कारले विश्वकै तीव्र गतिमा चल्ने इलेक्ट्रिक कारको कीर्तिमान समेत कायम गरेको छ । 

जर्मनीको अटोमोटिभ टेस्टिक पाप्लेनबर्ग र्ट्याकमा यू ९ ले ४९६.२२ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको हो ।

साथै सुपर स्पोर्ट ३०० प्लसको ४९०.५ किलोमिटर प्रतिघण्टाको रेकर्डलाई तोड्दै विश्वको सबैभन्दा तीव्र गतिको गाडी बनेको छ । ​​​

null

बीवाईडीको यस मोडलले न्युरबर्गिङ नर्डस्लाइफ ल्याबमा पनि इलेक्ट्रिक गाडीहरूको सबैभन्दा तीव्र गति हासिल गरेको रेकर्ड कायम गरेको छ । यू९ एक्स्ट्रिमलाई विशेष गरी ट्रयाकमा गुडाउनका लागि डिजाइन गरिएको छ ।

यू९ एक्स्ट्रिममा कार्बन फाइबर फ्रन्ट स्प्लिटर, डुअल च्यानल हुड डिजाइन र आकर्षक ‘स्वान–नेक’ रियर विंग जस्ता एयरोडाइनामिक विशेषताहरू छन् ।

यसका साथै ब्रेकिङका लागि टाइटेनियम क्यालिपर र अपग्रेड गरिएका कार्बन–सिरामिक डिस्कहरू प्रयोग गरिएको छ ।

विश्वकै तीव्र गतिको यो यू९ एक्स्ट्रिम विश्वभर ३० युनिट मात्रै उत्पादन गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्