१३ असार २०८३, शनिबार

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

कात्तिक १८, २०८२
भक्तपुर
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

भक्तपुरमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका- २ घर भएका २१ वर्षीय सन्तोष भुजेल छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त ​ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्