
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएपछि सर्वोच्च अदालत र जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएका छन् ।
दुवै अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका हुन् । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार जाहेरी दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको छ ।
प्रहरीले उक्त घटनामा देखिएका व्यक्तिका अनुहारहरू र उनीहरूको भूमिका केलाइरहेको छ ।
विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा आएका भिडियो अध्ययन गरेर दोषीलाई कानुनी दायरामा ल्याइने परिसरले जनाएको छ।
भदौ २४ गते काठमाडौंको सर्वोच्च अदालत र २२ वटा अदालतमा आगजनी तथा तोडफोड भएको थियो । ती सबै अदालतले पनि विभिन्न विवरण संकलन गरी जाहेरी दिने तयारी गरिरहेका छन् ।