
‘हङ्कङ इन्टरनेशनल सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले अफगानिस्तानलाई हराउन एक सय १३ रन बनाउनु पर्ने भएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाएर एक सय १२ रन बनाएको हो ।
नेपाली टोलीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । रासिद खानले चार विकेट लिए । उनले दुई ओभरमा केवल २७ रन खर्चिए ।
लोकेश बमले पनि एक विकेट हात पारे । अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ३५ रन बनाए । कप्तान गुलबदिन नाइबले पनि २२ रन जोडे । फर्मानुल्लाह साफीले पनि ३० रन बनाए ।
नेपाल र अफगानिस्तान प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । उक्त समूहमा तेस्रो टोलीको रुपमा दक्षिण अफ्रिका रहेको छ ।