२८ असार २०८३, आइतबार

मधेश प्रदेश प्रमुखले देश र संविधानको अस्मितालाई समाप्त पार्ने काम गर्नुभयो : मनीष झा

कात्तिक २४, २०८२
काठमाडौं
मधेश प्रदेश प्रमुखले देश र संविधानको अस्मितालाई समाप्त पार्ने काम गर्नुभयो : मनीष झा
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले मधेश प्रदेश प्रमुखले देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले होटलमा मुख्यमन्त्री नियुक्ति गरिएकोमा विरोध गर्दै राजनीतिक स्वीकार्यता हुन नसक्ने बताएका हुन् ।

'स्वस्थ समस्या छ, उपचारका लागि काठमाडौं जाँदैछु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली-महोत्तरीको सिमानाको एक होटलमा एमालेको एक प्रदेश सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन्,' उनले लेखेका छन्, 'यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन सक्दैन, विरोध छ।' 

प्रदेश प्रमुख सुवेदीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्