
आउँदो मंसिर १ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एनपीएलको दोस्रो संस्करणको तालिका सार्वजनिक गरेको हो । जसअनुसार मंसिर १ गते दिउँसो ४ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच उद्घाटन खेल हुनेछ ।
मंसिर २ गते बिहान ११:४५ बजे चितवन राइनोज् र कर्णाली याक्सबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।
मंसिर २३ गते पहिलो क्वालिफायर हुनेछ भने २४ गते एलिमिनेटर हुनेछ । दोस्रो तथा अन्तिम क्वालिफायर मंसिर २५ हुनेछ ।
एनपीएलको उपाधि भिडन्त मंसिर २७ गते शनिबार दिउँसो ३:३० बजे हुने क्यानले जनाएको छ ।
गत वर्ष भएको एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।
हेर्नुहोस् खेल तालिका :
