१० साउन २०८३, आइतबार

एनपीएलको तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने

कात्तिक २४, २०८२
काठमाडौं
एनपीएलको तालिका सार्वजनिक, उद्घाटन खेल जनकपुर र काठमाडौंबीच हुने

आउँदो मंसिर १ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एनपीएलको दोस्रो संस्करणको तालिका सार्वजनिक गरेको हो । जसअनुसार मंसिर १ गते दिउँसो ४ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच उद्‌घाटन खेल हुनेछ ।

मंसिर २ गते बिहान ११:४५ बजे चितवन राइनोज् र कर्णाली याक्सबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

मंसिर २३ गते पहिलो क्वालिफायर हुनेछ भने २४ गते एलिमिनेटर हुनेछ । दोस्रो तथा अन्तिम क्वालिफायर मंसिर २५ हुनेछ ।

एनपीएलको उपाधि भिडन्त मंसिर २७ गते शनिबार दिउँसो ३:३० बजे हुने क्यानले जनाएको छ । 

गत वर्ष भएको एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । 

हेर्नुहोस् खेल तालिका :

null

salt training

कमेन्ट गर्नुहोस्