०६ साउन २०८३, बुधबार

घरजग्गाको कारोबार र भाउ नबढ्दा आयकर घट्यो– अर्थमन्त्री खनाल

कात्तिक २५, २०८२
काठमाडौं
घरजग्गाको कारोबार र भाउ नबढ्दा आयकर घट्यो– अर्थमन्त्री खनाल
फाइल फोटो

अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलन पछिको विषम परिस्थितिमा पनि बैंकबाट हुने कर्जा प्रवाह बढेको बताएका छन् । अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको उनले बताए ।

राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबारको बैठकमा मन्त्री खनालले राजश्व संकलन र मूल्यवृद्धि सन्तोषजनक रहेको बताएका हुन् ।

‘अर्थतन्त्रका बाह्य सूचक सकारात्मक छन्, मूल्यबृद्धि सन्तोषजनक छ, मूल्यबृद्धि घट्नुमा सरकारको पनि भूमिका हुन्छ । तर यो अन्तर्राष्ट्रिय बजारले गरेको हो । आपूर्ति शृङ्खला पनि राम्रो छ,’ खनालले भने ।

घरजग्गाको कारोबार नबढ्दा र ब्याजमा लाग्ने कर घटेका कारण आयकर गत वर्षको तुलनामा ऋणात्मक देखिएको उनले बताए ।

‘लगानीयोग्य वातावरण छैन भनिए पनि बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर घटेको हुनाले ८ प्रतिशतले कर्जा प्रवाह बढेको छ । तर दुई वटा कारणले आयकर घटेको छ, एउटा ब्याजमा लाग्ने कर घटेका कारण । दोस्रो– जग्गाको भाउ एकातिर बढ्न सकेको छैन, अर्कोतर्फ कारोबार बढ्न नसक्दा आयकर प्रभावित भयो । गत वर्षको तुलनामा १० प्रतिशत ऋणात्मक छ,’ मन्त्री खनालले भने ।

salt training

कमेन्ट गर्नुहोस्