०२ साउन २०८३, शनिबार

दार्जिलिङ जिमखाना खुला टेनिस खेल्न भारत जाँदै रोहित

कात्तिक २५, २०८२
काठमाडौं
दार्जिलिङ जिमखाना खुला टेनिस खेल्न भारत जाँदै रोहित

नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनुवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

नोभेम्बर १४ देखि १६ तारिखसम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन रोहित बुधबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

रोहितले भेट्रान (४५ वर्षमाथि) पुरुष सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । डबल्समा रोहितले स्थानीय जोली टार्गेनसँग मिलेर खेल्नेछन् ।

पुरुष/महिला सिंगल्स र भेट्रानको विभिन्न उमेर समूहको आठ स्पर्धामा खेल हुनेछ ।

दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशि तीन लाख ८० हजार रुपैयाँ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्