१० साउन २०८३, आइतबार

भारतका प्रियांकले कर्णालीबाट एनपीएल खेल्ने

कात्तिक २७, २०८२
काठमाडौं
भारतका प्रियांकले कर्णालीबाट एनपीएल खेल्ने

नेपाल प्रिमियर लिग खेल्ने फ्रेन्चाइज टोली कर्णाली याक्सले भारतका प्रियांक किरित पन्चाललाई अनुबन्ध गरेको छ । एनपीएलको दोस्रो संस्करणका निम्ति कर्णाली याक्सले चौथो विदेशी खेलाडी अनुबन्ध गरेको हो। 

ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरिएको कर्णाली याक्सले जनाएको छ ।

कर्णाली याक्सले यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलोपटक कर्णाली याक्सबाट एनपीएल खेल्दै छन् ।

ओपनिङ ब्याटर प्रियांकले पछिल्लोपटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए ।

कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपीनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्