११ साउन २०८३, सोमबार

‘गर या मर’ को स्थितिमा रहेको जर्मनी विश्वकपमा, स्लोभाकियाको पोष्टमा आधा दर्जन गोल

मंसिर २, २०८२
काठमाडौं
‘गर या मर’ को स्थितिमा रहेको जर्मनी विश्वकपमा, स्लोभाकियाको पोष्टमा आधा दर्जन गोल

चारपटकको च्याम्पियन जर्मनी आगामी फिफा विश्वकप फुटबलमा छनोट भएको छ । जर्मनी मंगलबार बिहान सम्पन्न खेलमा स्लोभाकियालाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै विश्वकपमा छनोट भएको हो ।

जर्मनी युरोपेली क्षेत्रको छनोट प्रतियोगिताको समूह ‘ए’ बाट विश्वकपमा छनोट भएको हो । जर्मनीको टोलीले छनोट प्रतियोगितामा आफूले खेलेको ६ मध्ये पाँच खेलमा जीत र एक खेलमा हारको नतिजाबाट १५ अंक बटुल्यो ।

स्लोभाकिया भने ६ खेलबाट १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रह्यो । स्लोभाकियाले अब विश्वकपमा स्थान बनाउन अन्तरमहादेशीय प्ले–अफ खेल्नु पर्नेछ । छनोट चरणको अन्तिम खेलमा जर्मनीलाई हराएको भए स्लोभाकिया विश्वकपमा पुग्ने थियो ।

घरेलु मैदानमा खेलिएको स्लोभाकिया विरुद्धको खेलमा जर्मनीका लागि लेरोय सानेले दुई गोलको योगदान गरे । उनले निर्धारित समयको ३६औँ र ४१औँ मिनेटमा गोल गरेका थिए । त्यसअघि, १८औँ मिनेटमा निक वोल्टेमेडले पहिलो गोल गरेका थिए ।

यसैगरी, जर्सी ग्नाब्रीले २९औँ, रिड्ली बाकुले ६७औँ र असान ओएड्राओगोले ७९औँ मिनेटमा एक–एक गोल थपेका थिए । युरोपेली क्षेत्रबाट यसअघि क्रोएसिया, इङ्ल्यान्ड, फ्रान्स, नर्वे र पोर्चुगल विश्वकपमा छनोट भइसकेका छन् ।

जर्मनी चारपटकको विश्वकप विजेता हो । जर्मनीले सन् १९५४, सन् १९७४, सन् १९९० र सन् २०१४ मा विश्वकपको उपाधि चुमेको थियो । यसका अतिरिक्त जर्मनी चारपटक विश्वकपको उप–विजेता बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्