
झापा र मोरङबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।
झापाको बिर्तामोड नगरपालिका- २ स्थितमा लागुऔषध बिक्री वितरण भइहेका भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका यसराज राजवंशीलाई २ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यस्तै वडा प्रहरी कार्यालय विराटनगरले झापाको गौरादह नगरपालिका- ११ का कमल विश्वकर्मालाई नाईट्रोसन र प्रोक्सोभिन गरी जम्मा ११६ चक्की लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
यस्तै, प्रहरी चौकी गडेरिया मोरङबाट खटिएको टोलीले धनपालथान गाउँपालिका- १ बाट बेवारिसे अवस्थामा रहेको ५ किलोग्राम १६२ ग्राम गाँजा बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।