२२ असार २०८३, सोमबार

मधेश सरकारका नाममा सर्वोच्चद्वारा अन्तरिम आदेश, नीतिगत निर्णय गर्न नपाउने

मंसिर २, २०८२
काठमाडौं
मधेश सरकारका नाममा सर्वोच्चद्वारा अन्तरिम आदेश, नीतिगत निर्णय गर्न नपाउने

मधेश प्रदेश सभाका ७४ सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव तथा उनी नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने र नीतिगत निर्णय कार्यान्वयन नगर्न नगराउन मंगलबार सर्वोच्चले अन्तरिम आदेश दिएको हो । 

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शिता समेतको गम्भीर प्रश्न प्रथम दृष्टिमै खडा भएको उल्लेख गरेको छ ।

'संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शिता समेतको गम्भीर प्रश्न प्रथम दृष्टिमै खडा भएको देखिँदा प्रस्तुत निवेदनको अन्तिम किनारा नभएसम्म मिति २०८२/०७/२३ मा गठन भएको भनिएको मन्त्रिपरिषदबाट कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय तथा नेपालको संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा हामीले अवलम्बन गरेको संसदीय प्रक्रियाको मूल्य मान्यताहरू विपरीतका कुनै पनि कार्यहरू नगर्नू/नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम विपक्षीहरूका नाममा यो अन्तरिम आदेश जारी गरिएको छ,' आदेशमा भनिएको छ ।

यस्तो छ आदेश :

null

 

salt training

कमेन्ट गर्नुहोस्